सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको छ।
असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार राति आएको बाढीले कटान लागेपछि बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। बाढीले थप मानवीय क्षति भने भएको छैन।
त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ। बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ।
मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend