शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेसमा विद्रोही उम्मेदवारको सदस्यता नविकरण नहुने

कांग्रेसमा विद्रोही उम्मेदवारको सदस्यता नविकरण नहुने

 

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि सदस्यता नविकरणमा कडाइ गरेको छ। कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नविकरण नगरिने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १६–१९ भदौमा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि आठ लाख सदस्यको केन्द्रले उपलब्ध गराएको सफ्टवेयरमा ‘इन्ट्री’ भइसकेको छ।

जसमा तीन लाख ८० हजार पुराना सदस्य छन्। बाँकी चार लाख २० हजार नयाँ सदस्य रहेका छन्। ढिलाइ भएका केही जिल्लाबाट सदस्यता ‘इन्ट्री’ गर्ने काम भइरहेको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend