काठमाडौँ । मनसुन शुरू भएसँगै देशभर बाढीपहिरोका घटना बढेका छन् । ठाउँठाउँमा पहिरोले सडक अवरूद्ध भएका छन् भने तराईका जिल्लामा डुबान बढेको छ । ठूला नदीका तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्
आज शनिबार पनि कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा ‘आकस्मिक’ बहाव आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही स(साना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव बढ्दो हुने र केही स(साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend