सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ६० हजार

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ६० हजार

 

 

भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या २ करोड ९८ लाख २३ हजार ५४६ पुगेको छ।

यस्तै, संक्रमणका कारण थप १ हजार ६४७ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३ लाख ८५ लाख १३७ जनाको मृत्यु भइसकेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ९७ हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। यससँगै कूल सक्रिय संक्रमितको संख्या ७ लाख ६० हजार १९ पुगेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend