काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू)ले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बु गाउँपालिका–२ पुगेर राहत बाडेको हो ।
राहत सामाग्री बोकेर नेकपा एमालेनिकट विद्यार्थी नेताहरु शुक्रबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थिए । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend