शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने

 

 

 

नेपाली कांग्रेसले १४औँ महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीको प्रस्तावअनुसार, १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए। यसअघि ९ भदौबाट गर्ने तय भएको थियो।
त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गाउँ तथा नगरको वडाको अधिवेशन १२ साउनमा गर्ने निर्णय गरेको छ। गाउँपालिका र नगरपालिकाको अधिवेशन १६ साउनमा तोकिएको छ।

क्षेत्रीय अधिवेशन २० साउनमा हुनेछ भने प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा २३ साउनमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा २६ साउनमा गर्ने निर्णय भएको महतले जानकारी दिए। प्रदेश अधिवेशन १ र २ भदौमा तय गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend