शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाढी–पहिरोमा परी एक सातामा १५ जनाको मृत्यु, १६ घाइते, २५ जना बेपत्ता

बाढी–पहिरोमा परी एक सातामा १५ जनाको मृत्यु, १६ घाइते, २५ जना बेपत्ता

 

काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी करिब एक सातामा १५ जनाको मृत्यु भएको छ । गएको जेठ ३० गतेदेखि शुक्रबार दिउँसो सम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा नौ पुरुष, तीन महिला, दुई बालक र एक बालिका हुन् । बाढी–पहिरोमा परी सिन्धुपाल्चोक र डोटीमा तीनरतीनजनाको मृत्यु भएको छ ।

 

यस्तै, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट र बाजुरामा एकरएकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसारका यो अवधिमा बाढी–पहिरो र डुबानमा परी देशभर १६ जना घाइते भएका छन् । तीमध्ये १० पुरुष, चार महिला र दुई बालिका छन् । सिन्धुपाल्चोकमा ६, म्याग्दीमा तीन, जुम्ला र डोटीमा दुईरदुई, कास्की, स्याङ्जा र सल्यानमा एकरएकजना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।

यसैगरी, बाढी–पहिरोमा परी देशभर २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन् । सिन्धुपाल्चोकमा १७, जाजरकोटमा सात र बाजुरामा एकजना बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend