सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए विश्वासको मत

फाइल फोटो

 

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गरेका हुन ।

यसअघि तिनै ३१ जनाको समर्थनमा उनी गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिएका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend