काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा रहेको छ । बिहीवार रू १ हजार १०० ले घटेको सुनको मूल्य शुक्रवार रू १ हजार २०० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू ९० हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजारमा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू १ हजार २०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९० हजार ३०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू ९१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू १ हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू ३५ ले घटेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend