‘बुद्ध नेपालमा जन्मिएको हो’ भन्ने नारासहित सगरमाथा शिखर चुमेकी दोलखाका निमा छोकी शेर्पा सम्मानित भएकी छन् । रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा कृषि, शहकारी तथा भूमि सुधार मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शेर्पालाई सम्मान गरे । ‘बुद्ध वाज् बोर्न इन नेपाल’ र महिला शसक्तिकरण अभियान लिएर शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोही शेर्पाले सन् २०१८ मे १६ दिनको १२ः३०मा सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
कल्याणकारी स्वयम्सेवक संघले आरोही शेर्पाका साथमा सर्मिला स्याङतानलाई पनि सम्मान गरेको हो । शेर्पाले पयोनिएर एडभेन्चरबाट आरोहण अभियानमा सहभागि भएकी थिइन् । समृद्ध मुलुक निर्माणको सपना देख्नेहरू नै लैगिक विभेदको ‘पात्र’ को रुपमा देखा परेकाले सामाजिक, आर्थिक रुपान्तरणसँगै महिला शक्तिकरणपनि हुनुपर्नेमा जोडदिए ।
आफूलाई सम्मान गर्न आयोजित कार्यक्रममा आरोही शेर्पाले सगरमाथा शिखर चुम्नु सामान्य विषय नभएको बताएकी छिन् । उनले विश्वमा नेपालमा सगरमाथा छ भनेर थाहा भएपनि बुद्धका बारेमा अनेक भ्रमहरू फैलिएको आफूले पाएकाले बुद्ध सम्वन्धी नारा जोडेर आरोहण अभियान गरेको बताइन् ।

‘वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष दक्षिण कोरिया बसेँ ।त्यहाँ बुद्ध बारे भ्रमहरू पाएँ । जहाँ अधिकांश बौद्धमार्गी छन् ।’ आरोही शेर्पाले थपे ‘बुद्धको जन्म नेपालमा भएको भन्नेमा संशय देखिएकाले नेपाल फर्केपछि यही नारा सहित आरोहण गर्न गएँ ।’समृद्ध मुलुक निर्माणको सपना देख्नेहरू नै लैगिक विभेदको ‘पात्र’ को रुपमा देखा परेकाले सामाजिक, आर्थिक रुपान्तरणसँगै महिला शक्तिकरणपनि हुनुपर्नेमा उनले जोडदिए ।
‘समाजमा नारीहरुलाई हेर्ने दृष्टिकोण र हाम्रा सामाजिक संस्कारहरुमा परिवर्तन जरुरी छ । पुरुष सत्तात्मक मुलुकलाई अब समावेशी समाजको रुपमा रुपान्तरण गर्नु पर्दछ भन्ने हेतुले महिला शसक्तिकरणको मुद्दालाई शिखरबाट आह्वान गर्न चाहेँ ।’ आरोही शेर्पाले भने ।
स्वयम्सेवक संघका सहकोषाध्यक्ष समेत रहेकी शेर्पाले मुलुकको आर्थिक समृद्धीका लागि पर्यटन र आरोहण अभियानले ठूलो टेवा पुगेकाले शिखर चुम्ने अभियानलाई व्यवस्थित र महिला मैत्री बनाउनुपर्नेमा जोड दिए । उनले आफ्नो अभियान सफल पार्न सबैबाट सकारात्मक सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।
नेपालमा बुद्ध जन्मबोर खास भ्रम र अन्यौल नपाइएपनि अन्य देशमा भने बुद्धको जन्म स्थान बारे भ्रम यथावत रहेको बताउँदै आरोही शेर्पाले भने ‘अब राज्यस्तरबाट बुद्धको जन्म र भ्रमहरू चिर्न अभियान थाल्नुपर्दछ ।’
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री बलदेवले कृषि, पर्यटनले मात्रै स्वादेशमा रोजगारी र आर्थिक समृद्धी हासिल गर्न सक्ने दाबी गरे ।

कृषि नीतिमा परिवर्तन गर्दै रोजगारीको अवसर सिर्जना गर्न तर्फ राज्य उन्मूख भएको बताउँदै मन्त्री खनालले भने ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापन बारे कायपल्ट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेती योग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ ।’कार्यक्रममा ऋषि धमलाले कृषि क्रान्ति शुरु गर्न ढिला नगर्न मन्त्रीलाई सुझाए । उनले नारीहरुको सहासको राज्यबाट कदर हुनुपर्ने समेत माग गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend