काठमाडौं । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनामा सामान ढुवानी गर्ने टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
संखुवासभा चिचिला गाउँपालिका ३ स्थित पुखुवामा पाथीभरा कन्स्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा ५ख १४० नम्बरको टिपर भीरबाट खसेको हो।
दुर्घटनामा टिपरमा सवार धनकुटाका २२ वर्षीय दिपेश भट्टराईको मृत्यु भएको छ। टिपर चालक काभ्रेपलाञ्चोक भकुण्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ घाइते छन्।
बुधबार बेलुका ९ बजे टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर अनियन्त्रित भई भीरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरेको थियो।
घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी बेस पुखुवा दोभानबाट खटिएको प्रहरीले घाइतेको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँदबारीतर्फ पठाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend