धनगढी । अविरल वर्षापछि खसेको पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत जयपृथ्वी नगरपालिका–७ कचाली खोला नजिक र सोको दुई किलोमिटर पश्चिम मेलढुङ्गामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दार्चुलाको धौलाकोट क्षेत्रको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सडक सुचारु गर्ने प्रयास गरिरहेको भए पनि लगातारको वर्षाका कारण पहिरो हटाउन नसकिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend