शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

देशका विभिन्‍न नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागबाट सतर्कता अपनाउन आग्रह

देशका विभिन्‍न नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागबाट सतर्कता अपनाउन आग्रह

 

काठमाडौँ । वर्षा भइरहेकाले देशका विभिन्‍न नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बुलेटिन निकालेर विभिन्‍न नदीमा बाढी आउन सक्ने जनाएको हो ।

जसअनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सहत बढ्ने छ । यी नदीका तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ । कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स–साना सहायक नदीमा समेत बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै कर्णालीसँगै राप्ती, तिनाउ, बबई नदीमा पनि बाढी आउने सम्भावना छ । जसकारण बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा जोखिम छ ।

कर्णाली र भेरी नदीको बाढीले सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बागमतीमा दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लामा पनि सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ । यस्तै महाकाली नदीले गर्दा कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा असर पर्ने सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend