शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाढी पहिरोको विपद् व्यवस्थापनका लागि प्रधानमन्‍त्रीको अध्यक्षतामा विशेष बैठक

बाढी पहिरोको विपद् व्यवस्थापनका लागि प्रधानमन्‍त्रीको अध्यक्षतामा विशेष बैठक

 

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोको विपद् व्यवस्थापनबारे छलफल गर्न बैठक बोलाएका हुन ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्‍ने बैठकमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यको सहभागिता रहनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend