सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ८७ जनाको आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएको विवरणसहित थप ५२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend