शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाढी पहिरोले हाइड्रोका निर्माण सामग्री बगायो

बाढी पहिरोले हाइड्रोका निर्माण सामग्री बगायो

 

 

कास्कीको मादी गाउँपालिका–४ मा निर्माण हुँदै गरेको सुपर मादी हाइड्रोपावरमा वर्षाका कारण आएको बाढी र पहिरोले क्षति पु¥याएको छ । करिब २०६० साल पछि लेदोसहितको ठूुलो बाढी आउँदा सुपर मादी हाइड्रो निर्माण गर्न प्रयोग गर्ने निर्माण सामग्रीदेखि निर्माणमा प्रयोग हुने हेभि सवारीसाधन समेत बाढीले बगाएको सुपर मादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

दुई दिनदेखि वर्षा भए पनि गएराति ठूलो पानी परेको हुँदा अन्नपूर्ण २ र लमजुङ हिमालदेखि आएको बाढी पहिरोले हाइड्रोपावरमा रहेका २ वटा स्काभेटर, एउटा टिपर, एउटा क्रसर मेसिन, ट्रान्सफर्मर, ढुंगा गिटी र बालुवा तथा रडलगायतका निर्माण सामग्री बगाएको ढुंगानाले जनाए । प्रारम्भिक अध्ययन अनुसार हालसम्म बाढीका कारण करिब २० करोड मूल्य बराबरको क्षति पुगेको उनको दाबी छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend