काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीबाट प्रभावितको तत्काल उद्धार गरी राहतमा जुट्न अपिल गरेका छन्।
सभामुख सापकोटाले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको बताउँदै विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका हुन्।
मंगलबारदेखि आएको बाढीले तटीय क्षेत्रका ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको बताइएको छ। बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ। तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्षत बनाएको छ। यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल र बाहुनेपाटी पूल पनि बगाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend