शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मनाङमा बाढीका कारण ६० घर डुबानमा

मनाङमा बाढीका कारण ६० घर डुबानमा

PHOTO : Rajan Gurung

 

पोखरा । सोमबार साझदेखिको लगातारको वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको बहावले मनाङमा ६० घर डुबानमा परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँ डुबानमा परेको हो।

प्रजिअ लामिछानेका अनुसार जिल्लामा अन्य स्थानको क्षति विवरण प्राप्त भइसकेको छैन। लगातार परिरहेको वर्षाका कारण स्थानीयको उद्धारमा समस्या भएको छ। बाढीले थप क्षति गर्न सक्ने प्रजिअ लामिछानेको भनाइ छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend