काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले सक्याउन कांग्रेस र माओवादीका नेताहरु लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा यस्तो बताएका हुन ।
सोमबार एमाले नेता माधव नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गएको फोटो सेयर गर्दै एमाले सकाउन उनीहरुले घरदैलो गरिरहेको थापाले बताएका छन् । तर पार्टी सकिन लागे पनि माधव नेपालले नबुझेको उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend