दाङ । दाङमा केही खुकुलो गरी यही असार ८ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि खोल्न पाइनेछ । होटेलले प्याकिङ खानेकुरा तयार गरेर बिक्री गर्न पाउने भएका हुन ।
त्यस्तै, सरकारी कार्यालय दैनिक खुल्ने भएका छन् । बिहान १० देखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताए । उनका अनुसार बजार बिहान ६ देखि १० बजेसम्म, बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत् राखिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend