काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतले सांसद थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै उनको सांसद पद खारेज भएको हो । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो ।
थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग(अलग पुनरावलोकन ((भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend