शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

होटल सञ्चालकलाई ४ लाख, पाहुनालाई १५ हजार जरिवाना

होटल सञ्चालकलाई ४ लाख, पाहुनालाई १५ हजार जरिवाना

 

 

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञाका क्रममा होटल खोलेको आरोपमा प्रहरीले सञ्चालक र होटलमा रहेका व्यक्तिहरुलाई जरिवाना गरेको छ।

त्रिपुरेश्वर स्थित युनाइटेड बिजनेश होटलका सञ्चालकलाई चार लाख र भित्र रहेका ९ जना पाहुनालाई प्रतिव्यक्ति १५ हजारका दरले जरिवाना गरिएको हो।

प्रहरीले अनुगमनका क्रममा ‘निषेधाज्ञा उल्लंघन गरी होटलमा हो–हल्ला भेला जम्मा गराई समाजमा सङ्क्रमण रोग फैलाउने कार्य गरी रहेका अवस्थामा फेला’ पारेको दाबी गरेको छ। उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पठाइएकोमा सो जरिवाना तिराइएको हो।

होटलका सञ्चालक भोजपुरको भोजपुर नगरपालिका–९ घर भएका वर्ष २५ को अश्विन श्रेष्ठलाई ४ लाख र बाँकी ९ जनालाई १५ हजारका दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend