शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेस नेता खतिवडाले पठाए स्वास्थ्य कार्यालय ओखलढुंगालाई अक्सिजन सिलिन्डरसँगै अन्य स्वास्थ्य सामग्री

कांग्रेस नेता खतिवडाले पठाए स्वास्थ्य कार्यालय ओखलढुंगालाई अक्सिजन सिलिन्डरसँगै अन्य स्वास्थ्य सामग्री

 

 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले स्वास्थ्य कार्यालय ओखलढुंगालाई अक्सिजन सिलिन्डर पठाएका छन् ।
नेता खतिवडाले आइतबार रुम्जाटारस्थित स्वास्थ्य कार्यालयलाई ६ थान अक्सिजन सिलिन्डर पठाएका हुन् ।

उनले काठमाडौंबाटै व्यक्तिगत खर्चमा अक्सिजन सिलिन्डर पठाएका हुन् । सिलिन्डरसँगै उनले अन्य स्वास्थ्य सामग्री पनि पठाएका छन् । नेता खतिवडाकै सक्रियतामा ओखलढुंगामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन पनि खरिद भई स्थापना भइसकेको छ ।
यसअघि उनले खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्कालाई गाउँपालिकाका नौ वडामा नौ हजार मास्क र ४५ लिटर स्यानिटाइजर हस्तान्तरण गरेका थिए। ती सबै सामग्री उनले काठमाडौंबाट लिएर गएका हुन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग पुगेर जिल्लामा स्वास्थ्य सामग्री लैजान, पिसिआर मेसिन पठाउन ताकेता गर्दै आएका खतिवडाले व्यक्तिगत रूपमा पनि लाखौं मूल्यका स्वास्थ्य सामग्री ओखलढुंगा लगिरहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend