शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट

 

काठमाण्डौ । विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

संवैधानिक परिषद्को वैशाख २६ गतेको बैठकले लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । त्यही नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका हुन । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको रिट निवेदनमा भनिएको छ ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को सचिवालय र सभामुखलाई विपक्षी बनाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend