शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

 

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको अर्को टिपरलाई ठक्कर दिँदा दुवै टिपर अनियन्त्रित भई सडकदेखि झण्डै २ सय मिटर तल खसेका थिए ।

दुर्घटनामा प्रदेश ३–००१ क ०२५० नम्वरको टिपर सह–चालक रुरु गाउँपालिका– २ गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको र चार जना घाइते भएको प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend