सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे चौथो पटक मन्त्रीमण्डल विस्तार,यादव उपप्रधान तथा स्वास्थ्य,राई सहरी विकास मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे चौथो पटक मन्त्रीमण्डल विस्तार,यादव उपप्रधान तथा स्वास्थ्य,राई सहरी विकास मन्त्री

लामो समयको कसरत पछि संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरे । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले मन्त्रीको सपथ लिए । यादवले स्वास्थ्य मन्त्रालय र राईले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रालय दाबी गर्दै आएका यादवले अन्तत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन त्यार भएका हुन् । यादवले मन्त्रीमण्डल सदस्यहरुको वरीयतामा तेस्रो स्थान पाएको बताइएको छ । सरकारको उपप्रधानमन्त्रीमा अब यादव र रक्षामन्त्री ईश्वर पोखरेल रहनेछन् । यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका गोकुल बास्कोटाले भने फुल मन्त्रीको जिम्मेवारी पाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend