शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प

लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प

 

स्याङ्जा । केही दिनयतादेखि लगातार परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग ठप्प भएको छ । स्याङ्जा पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको छ । पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उनले बताए । यो सडकले स्याङ्जा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend