सर्वोच्च अदालतले भीएलएन र वानस्टप सेन्टरका संचालक रामप्रसाद श्रेष्ठको रिहाइका लागि परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । शुक्रबार न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले श्रेष्ठलाई बन्दी बनाउनु गैर कानुनी रहेको भन्दै परेको रिट खारेज गरेको हो । केही दिन अगाडी उनी प्रक्राउ परेका थिए । श्रेष्ठले भीएलएन र वानस्टप सेन्टरका नाममा मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेको उनलाई आरोप छ । रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले उनको रिट खारेज गरेको हो । वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक पनि हुन् । सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ लिने गरेको उनलाई आरोप छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend