सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

 

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चोकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँ श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया सर्मिला राई रहेका छन् ।

 

आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अवस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो ।

उनिहरुले गत रातीको समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कोठामा उनीहरुहरुको ४ वर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend