काठमाडौं। आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो। बैठकमा पार्टीको महाधिवेशन र वर्तमान राजनीतिक सन्दर्भबारे छलफल हुनेछ। कोभिड महामारीका बेला महाधिवेशन गर्दा कसरी सहज ढंगले गर्न सकिन्छ भन्नेबारे समेत छलफल हुने बताइएको छ। कांग्रेस सभापति देउवाले भदौमै महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend