शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

संविधान र लोकतन्त्रमाथि भित्र र बाहिरबाट आक्रमणः डा भट्टराई

संविधान र लोकतन्त्रमाथि भित्र र बाहिरबाट आक्रमणः डा भट्टराई

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाुबराम भट्टराईले संविधान र लोकतन्त्रमाथि भित्र र बाहिरबाट आक्रमण भइरहेको दोहोर्याएका छन् । केही दिनयता डा भट्टराईले राष्ट्रियता गम्भीर संकटमा परेको भन्दै सबै सचेत रहनुपर्ने बताउँदै आएका छन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकमा सहभागी भई डा भट्टराईले त्यस्तो सुझाव दिएका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै डा भट्टराईले भनेका छन्, ‘सभामुखलाई पूर्वप्रधानमन्त्री र दलका नेताहरूको एउटै स्वरमा सुझाव( संविधान र लोकतन्त्रमाथि भित्र र बाहिरबाट आक्रमण भैरहेछ ससबै मिलेर बचाऊँ !

सभामुख सापकोटाले दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि छलफलका लागि सर्वदलीय बैठक बोलाएका थिए ।
विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend