शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा

बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा

 

काठमाण्डौ । विरोध प्रदर्शनका क्रममा काठमाण्डौको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन् ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए । निषेधाज्ञाको समयमा विरोध प्रदर्शन गरेको भन्दै दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend