काठमाडौं । राष्ट्रिय मिर्गौला पीडित सङ्घ नेपालले बिरामीहरुलाई खाद्यान्न वितरण गरेको छ । सङ्घले आज भक्तपुरको मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका मिर्गौला पीडित बिरामीलाई निःशुल्क खाद्यान्न वितरण गरेको हो ।
सङ्घका अध्यक्ष समीर कुमार पोखरेलका अनुसार संस्थाले आर्थिक अवस्था कमजोर भएका निषेधाज्ञाको समयमा केही राहत मिलोस भनेर, ५० जना बिरामीलाई चामल, तेल, नुन, चिउरा वितरण गरेको छ । संस्थाले यस अघिको कोरोनाको पहिलो चरणमा पनि विरामीलाई सहयोग गरेको उहाँले बताउनुभयो । संघले विगत १२ बर्षदेखि मिर्गौला बिरामीहरुको लागि विभिन्न सहयोगदेखि मिर्गौलासम्बन्धी जनचेतना र उनीहरुको हक अधिकारको लागि काम गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend