कलाकारिता क्षेत्रमा सक्रिय राष्ट्रिय संगीतकर्मी संघले कलाकार तथा सञ्चारकर्मीहरुलाई बिशेष सम्मान गर्ने भएको छ । केही दिन मात्र राजधानीमा सम्पन्न संघको चौथो महाअधिवेशनबाट विजयी भएका उम्मेद्धारका साथैं एक सञ्चारकर्मी,समाजसेवीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक धनराम मुस्कानको भनाई छ ।
विगत लामो समयदेखि लोक संस्कृति जर्गेनामा संक्रिय मुस्कानका अनुसार ललितपुरको चुनिखेलमा यही शनिवार आयोजना हुन लागेको सम्मान कार्यक्रममा महाअधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र कुमार कार्की अध्यक्ष,वरिष्ठ उपाध्यक्ष नवराज ढुंगना,उपाध्यक्ष कुमार श्रेष्ठ, महासचिव विक्रम शाह महासचिव, सचिव गोविन्द दुलाल, शर्मिला श्रेष्ठ, सुरेश श्रेष्ठ लगायत सबै पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको कार्यक्रम प्रचार प्रसार संयोजक प्रदिप सिंङ थापाले जानकारी दिए । बिगतमा पनि संघले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend