सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दैलेखमा बाढीले बगाउँदा एकजना बेपत्ता

दैलेखमा बाढीले बगाउँदा एकजना बेपत्ता

फाइल फोटो

 

दैलेख । बिहीबार परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा रहेका छन्।

धानको ब्‍याड राखी घर फर्किने बेला एक्कासि वर्षासँगै स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना भएको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेर बाढीले बेपत्ता पारेका केशरको खोजी कार्य भइरहेको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend