शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

सांकेतिक तस्वीर

 

झापा । दुई बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर झापामा दुई जनाको मृत्यु भएको छ । कमल ७ को लालधोन्द्रा गाउँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मावल आएका मोरङ् बेलबारीका १४ वर्षिय सन्देश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका मामा स्थानीय महेन्द्र धिमालको खेतमा पानी लगाउने क्रममा उनी करेन्ट लागि गम्भीर घाईते भएका थिए । तर उपचारमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहीबार साँझ झापा अर्जुनधारा ३ की ८२ वर्षीया गलमायाँ खड्काको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend