सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

बेलायतले गरिब राष्ट्रलाई १० करोड डोज खोप अनुदानमा दिने

 

 

काठमाडौं । बेलायतले आगामी केही हप्तादेखि गरिब देशहरूलाई अनुदानमा खोप दिन सुरु गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले जी–सेभेन सम्मेलनको पूर्व सन्ध्यामा यस्तो जानकारी दिएका हुन्। १० करोड डोजभन्दा बढी खोप आगामी वर्ष गरिब देशहरूलाई उपलब्ध गराउने बेलायतले घोषणा गरिसकेको छ।

बेलायतले पहिलो ५० लाख डोज खोप आगामी सेप्टेम्बरको अन्त्यसम्ममा वितरण गर्ने र अरु २ करोड ५० लाख डोज यसै सन् २०२१ को अन्त्यसम्म वितरण गर्ने तयारी गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend