शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह

असारदेखि सुरुङ खाली गर्दा यी खोलामा पानी छाडिने, खोला वरपर रहेका सबैले सावधानी अपनाउन आग्रह

;'?ªdf kfgL xfn]/ k/LIf0f d]nDrL,@! c;f/M d]nDrL vfg]kfgL cfof]hgfsf] d'Vo ;'?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d'Vo ;'?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;'?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;'j]bL÷/f;;

 

काठमाडौं ।मेलम्चीको हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि हेड वक्र्स’ संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको मुख्य काममध्ये हेड वक्र्स’ निर्माण सम्पन्न भएको जानकारी दिए ।

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । हेड वक्र्सले इन्टेकमा भएका विभिन्न ढोकाहरूलाई सफा गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छरछैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने भएकोले खोला वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend