सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगारीको लागी मलेशिया जाने कामदारको प्रक्रिया ठप्प, अब के हुन्छ ?

रोजगारीको लागी मलेशिया जाने कामदारको प्रक्रिया ठप्प, अब के हुन्छ ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणको सिण्डिकेट तोडेर चर्चामा छन् । वैदेशिक रोजगारको क्षेत्रमा देखा परेका बिकृत्ती सवै अन्त्य गर्ने बताउँदै आएका छन् । मेनपावरले कामदारबाट लिने रकमको पनि बिशेष निगरानी समेत गर्न सुरु गरेका छन् । केही मेनपावरहरुले धेरै रकम लिएको भन्दै प्रहरीले प्रक्राउ समेत गरेको छ ।

मन्त्री भए देखी वैदेशिक रोजगार व्यवसायीलाई औपचारिक रुपमा नभेटेका मन्त्री बिष्टले व्यवसायीलाई बोलाएर धरौटी बढाउने कुरा गरे पछि धेरै व्यवसायी अतालिएका छन् । श्रम मन्त्री बिष्टले वैदेशिक रोजगारीको क्षेत्रमा पछिल्लो समय चालेको कदम एकलौटी समय सान्दभिक नभएको भन्दै धेरै व्यवसायीहरुले बिरोध समेत गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायी माथि चालेको पछिल्लो कदम प्रचारमुर्खी मात्र भएको बताउछन् ।

सिण्डिकेट हटाउने निर्णयको स्वागत योग्य भए पनि कुटनितीक माध्यमबाट समस्या समाधन गर्न ढिला गरेको उनको आरोप छ । पूर्वअध्यक्ष ढकालले फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन नसकिने भन्दै कम्तीमा पनि कामदारको एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउने प्राबधान ल्याउन सरकारलाई उनको आग्रह छ ।

मन्त्रीको प्रचारबार्जी निर्णयले मलेसियाको रोजगार नै धरापमा परेको तथा रोजगार व्यवसाय नै संकटमा पर्ने अवस्था पुगेको उनको भनाई छ । संघका अध्यक्ष रोहन गुरुङले भने सरकारको कदमको स्वागत गर्दै मलेसिया रोजगारी बन्द भएपनि व्यवसायीलाई केही महिनामात्रै असर पर्ने जनाउँदै यो क्षेत्रको सिण्डिकेट हटाउनु पर्ने बताए । यस्तै वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले संघ छ छैन भन्ने व्यवसायीलाई अनुभुति नै नभएको बताउछन् ।

मेनपावरहरुलाई कानुनी दायरामा ल्याउन र ठगि नियन्त्रण गर्न धरौटी बढाउन लागिएको मन्त्री बिष्टको भनाई छ । मन्त्रीको यो भनाई पछि ठुला व्यवसायी र साना व्यवसायी दुई खेमामा उभिएका छन् । ठुला धेरै पैसा कमाएका मेनपावर व्यवसायी जतिसको धेरै धरौटी बनाउन मन्त्रीलाई दवाब दिएका छन् भने साना व्यवसायी नत मन्त्रीलाई नै भेटेर आफना कुरा राख्न सकेका छन् नत कुनै निर्णय लिन । अहिले साना मेनपावर व्यवसायी अलमलमा परेका छन् भने ठुला व्यवसायीमा भने खुर्सीयाली छाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend