काठमाडौं । आज देशभर थप तीन हजार ७४९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार १६ हजार ६१५ जनाको स्वाब परीक्षण गर्दा चार हजार ३४४ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट थप ५९ जनाको मृत्यु भएको छ। बुधबार ८१ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार २३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा पाँच हजार २९३ जना निको भएका छन्। बुधबार पाँच हजार ७३८ जना निको भएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend