सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मदनकृष्ण घरमै आराम गर्दै

मदनकृष्ण घरमै आराम गर्दै

 

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ दोस्रोपटक मुटुको एन्जियोप्लास्ट गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनकी बुहारी रिंकु बज्राचार्यका अनुसार स्वास्थ्यलाभपछि उनलाई बुधबार डिस्चार्ज गरिएको हो। मदनकृष्णको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले उनलाई दुई साता पूर्ण आराम गर्न सल्लाह दिएका छन्।

मदनकृष्णलाई अचानक छाति दुखेपछि शुक्रबार सहिद गंगालाल हृदय केन्द्रमा भर्ना गरी शनिबार एन्जियोप्लास्ट गरिएको थियो। एन्जियोप्लास्टपछि मंगलबार डिस्चार्ज गर्ने तयारी गरिए पनि अक्सिजन लेभल कम देखिएकाले मंगलबार उनलाई अस्पतालमै राखिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend