बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अबदेखि भौतिक उपस्थितिमा हप्ताको दुई दिन श्रम स्वीकृति दिइने

अबदेखि भौतिक उपस्थितिमा हप्ताको दुई दिन श्रम स्वीकृति दिइने

 

 

काठमाडौं । अबदेखि हरेक हप्ताको दुई दिन भौतिक रुपमा उपस्थित भई श्रम स्वीकृति लिन पाइने भएको छ । बैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले सूचनामार्फत  बुधबारदेखि हरेक आइतबार र बुधबार भौतिक उपस्थितिमा श्रम स्वीकृति दिने जानकारी गराएको हो ।

कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा केहि समयको लागि बन्द गरेको थियो । र, अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

सूचनामा भनिएको छ, ‘यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको लागि मात्र भएको हुँदा बायोमेट्रिक भएका र कार्यालयमा उपस्थिति नभई अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको हुँदा त्यस्ता व्यक्तिहरु भौतिक रुपमा उपस्थित नभइदिनुहुन अनुरोध छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend