शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

झन्डै ३१ लाख रुपैयाँ सहित दुई जना पक्राउ

झन्डै ३१ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौ । प्रहरीले ३० लाख ७६ हजार रुपैयाँ सहित भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रौतहटको परोहा नगरपालिका–९ रामपुरखापबाट बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend