जनकपुर । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ।
स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।
कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend