शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेसको महाविधेशन भदौमा नै हुन्छः सभापति देउवा

कांग्रेसको महाविधेशन भदौमा नै हुन्छः सभापति देउवा

 

 

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् । सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन हुने बताएका हुन् ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै सभापति देउवाले भनेका छन्,‘पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

महाविधेशनका लागि अब धेरै समय नरहेको भन्दै सभापति देउवाले असार र साउनभित्र सबै तयारी पूरा गर्नुपर्ने बताएका छन् ।

यस्तो छ विज्ञप्ति

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend