शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बिचल्लीमा परेका बालबालिकाको पढाइ खर्च व्यापारी मुरारकाले बेहोर्ने

 

बाजुरा । बडिमालिका नगरपालिका–२ माझीगाउँमा आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि नाबालक चार भाइबहिनी दयनिय अवस्थामा अलपत्र परेको समाचार नेपाल कागज लगायतका संचारमाध्यममा आएपछि व्यापारी तथा समाजसेवी सुशान्त मुरारकाले पढाई खर्च व्यहोर्ने जिम्मा लिनुभएको छ ।

नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेको र बाजे(बज्यैको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले नाबालक नाति नातिनी पाल्न निकै समस्या भएको भन्ने समाचार संप्रेषण भएपछि उनिहरुको उद्धारकालागी मुरारकाले पहल गर्नुभएको थियो ।

वालवालिकाको नाममा वज्यै विस्ना दमाइ संरक्षक रहनेगरी खाता खोलेपछि मुरारकाले हाल निषेधाज्ञाको अवधिमा खानलाउन समस्या नपरोस भनेर छुट्टै ५१ हजार रुपैँया उक्त बैंक खातामा जम्मा गरिदिनुभएको छ ।

ूनाबालक चार भाइबहिनी दयनिय अवस्थामा अलपत्र परेको समाचार पढेपछि अत्यन्तै दुस्ख लागेर आयो, उनिहरुको भविष्य सुरु नहुँदै समाप्त हुन दिनुहुन्न भन्ने सोँचले मलाई झक्झक्याइ रह्यो ।ू मुरारकाले भन्नुभयो, ूमेरो सानो सहयोगले नानीवावुहरुको जिन्दगी बन्छ भने मैले किन नगर्नेरु हामी नेपालीले आवश्यक परेको समयमा एक(अर्कालाई सहयोग नगरे कहिले गर्नेरुू

मुरारकाले लामो समय देखी आफुले आर्जन गरेको तलवबाट केही रकम जम्मा गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा विपन्न तथा समस्यामा परेकालाई सहयोग गर्दै आउनुभएको छ ।

मुरारकाले आफ्नो व्यवसायबाट आएको केही रकम छुट्याएर सामाजिक सेवामा खर्च गर्ने गरी कोष निर्माण गर्नुभएको छ । उहाँले उक्त कोषबाट विचल्लीमा परेका बालबालिकालाई हरेक वर्ष बैंक मार्फत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मुरारकाले बालबालिकालाई नेपालगंजको एक विद्यालयमा पढाउनका लागि पहल भइरहेको र पढाइ खर्च र खान बस्नको समेत व्यवस्था आफैले गर्ने गरी बालबालिकालाई लैजाने बताउनुभयो ।

विचल्लीमा परेका बालबालिकाहरुलाई दाताले शिक्षा दिक्षा दिनका लागि सहयोग गरेकोमा खुुसी व्यक्त गर्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले धन्यवाद दिनुभएको छ ।

त्यस्तै बडिमालिका नगरपालिका–२ माझीगाउँका वडाध्यक्ष डम्बर महतका अनुसार व्यवसायी तथा समाजसेवी मुरारकाले गरेको सहयोग प्राप्त भएको छ ।

वडाध्यक्ष महतले नाबालक चार दलित भाइबहिनी मात्र नभएर खान लाउन समस्यामा परेका बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाइलाई ५१ हजार पठाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, मनकारी मुरारकाले बालबालिकालाई शिक्षा(दिक्षाकोलागी सहयोग गरेकोमा धन्यवाद दिन्छु, त्यती मात्र नभएर बालबालिका र बाजे(बज्यैलाई खनालउन समस्या नहोस् भनेर छुट्टै आर्थिक सहयोग गरेकोमा खुशी छु ।

व्यापारी मुरारका लामो समयदेखी समाजसेवामा आवद्ध हुनुहुन्छ । यस् अघि उहाँले कोरोना संक्रमणका कारण फैलिएको ब्ल्याक फंगसका विरामिहरुलाईपनी सहयोग गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend