कैलाली । कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका २ मोतीपुरस्थित पदमबहादुर बुढा क्षेत्रीको घरमा विगत १ महिनादेखी डेरा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
टाउँकोपछाडि चोट रही मृत अवस्थामा फेलापरेका बुढाथोकीको घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात फरार भएका सँगै डेरामा बस्ने उनलाई पक्राउ गरेको हो ।बस्नेतलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले वीरेन्द्र सामुदायिक वनमा लुकीछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend