काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका छन । २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न उनले प्रस्ताव गरेका हुन । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन ।
उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताएका छन् ।
विज्ञप्तिमा उनले अध्यक्ष ओलीले पार्टी कमिटीलाई निशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार नभएको भन्दै एकताको इमान्दार प्रयास मान्न नसकिने उल्लेख गरेका छन् ।
नेता गौतमले एमालेलाई २०७५ जेठ ३ पूर्वका अवस्थाबाट अगाडि बढाउन तयार हुनु सकारात्मक भए पनि एकताको पक्षमा उभिएकाहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउन नहुने बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend