शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले मिलाउन फेरि दोस्रो तहका नेता सक्रिय

एमाले मिलाउन फेरि दोस्रो तहका नेता सक्रिय

 

काठमाडौं । एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टीमा देखिएको विवाद मिलाउन मंगलबार दिउँसो वार्तामा जुटेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेको भोलिपल्ट दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका हुन । ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता सुरु भएको हो।

उक्त छलफलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन्। त्यस्तै नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन्। आजको वार्तामा घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छैनन्।

एमाले मिलाउन प्रधानमन्त्री ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव गरेका थिए। तर नेपाल पक्षले सोमबार स्थायी कमिटी बैठक बोलाएर ओलीले अल्मल्याउने रणनीतिसहित प्रस्ताव ल्याएकाले स्वीकार्न नसकिने निर्णय लिएको थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend