सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उद्योगपति घिमिरेद्वारा आइसोलेसन सेन्टरलाई अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

उद्योगपति घिमिरेद्वारा आइसोलेसन सेन्टरलाई अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

 

इटहरी । इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनले बताए ।

उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान,साथै रेगुलेटरसहितका अन्य स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेका थिए । आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । आइसोलेसनमा २६ जना कोरोना संक्रमित भर्ना भएको पौडेलले बताए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend